राष्ट्रिय आर्थिक गणना २०८२
वि.सं:
नेपाल संवत: ११४६ चौलागा सप्तमी - २२
उद्योग तथा वाणिज्यहरुको प्रवर्द्बन तथा विकास कार्य प्रभावकारी रुपमा संचालन गरी संस्थागत रुपमा सेवा उपलब्ध गराउने उद्देश्यले गठन आदेश २०३१ बमोजिम घरेलु तथा ग्रामिण उद्योग विकास समितिको स्थापना भएको थियो।परिवर्तित परिप्रेक्ष्यमा यसका कार्य क्षेत्रलाई वृद्बि गरी अझ बढी सक्षम र प्रभावकारी बनाउन २०४९ सालमा उद्योग तथा वाणिज्य विकास समिति नामाकरण गरी तत्काल विद्यमान क्षेत्र ४८ जिल्ला विस्तार भै सिन्धुली जिल्लामा पनि उद्योग प्रशासनको कार्य भएको र आ.व.०६२/०६३ बाट वाणिज्य प्रशासन तर्फको समेत कार्य गर्दै आइरहेको छ।
मुलुक संघीय संरचनामा प्रवेश गरे पश्चात साविकमा उद्योग मन्त्रालय अन्तर्गतको उद्योग तथा वाणिज्य विकास समिति मातहतमा संचालित यस कार्यालय मिती २०७५/४/१ गते देखि बागमती प्रदेशमा कार्यालय हस्तान्तरण भई प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत रहेको थियो। मिति २०७७ पौष २६ गते देखि घरेलु तथा साना उद्योग विकास समितिवाट उद्योग तथा वाणिज्य कार्यालय नामाकरण भएको थियो। पछिल्लो पटक बागमती प्रदेश सरकारबाट मिति २०८० पौष ३ गते संगठन संरचना स्वीकृत भई उद्योग तथा वाणिज्य कार्यालय नामाकरण भई कार्य संचालन गर्दै आइरहेको छ।