national economic survey 2082 राष्ट्रिय आर्थिक गणना २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ चौलागा सप्तमी - २२

नागरिक वडापत्र

नागरिक वडा -पत्र -Citizen-Chart_

सि.नं.

सेवाहरु

संलग्न गर्नु पर्ने कागजातहरु र प्रकृया

लाग्ने समय

लाग्ने राजस्व रकम

कर्मचारी

गुनासो सुन्ने अधिकारी

-s_ उद्योग वाणिज्य प्रशासन

1.

उद्योग दर्ता 5 लाख भन्दा बढी पुँजी भएको मात्र

  • रितपूर्वक भरिएको दर्ता फारम-_अनलाईन फारम
  • 2प्रति फोटो र सक्कल नागरिकता लिई उद्यमी स्वयम उपस्थित हुनुपर्ने
  • उद्योग रहने स्थानको लालपुर्जा या भाडामा लिएको भए धनीसँगको घर/जग्गा भाडा सम्झौता सहित लालपुर्जा वा स्थानीय तहमा तिरेको सम्पत्ति कर रसिद वा बिजुली/खानेपानी बिल_ र धनिको नागरिकताको प्रतिलिपि
  • स्थानीय तहको सिफारिस-चारकिल्ला खुल्ने_
  • प्रचलित एन नियम अनुसारको सहमति/सिफारिस
  • कम्पनिको हकमा दर्ता प्रमाणपत्र, प्रबन्धपत्र, नियमावली, शेयर लागत, कम्पनी अद्यावधिक पत्र, शेयरधनीको नागरिकताको प्रतिलिपि, शेयर धनी वा संचालक समितिको निर्णय -प्रमाणपत्रमा तस्बिर टाँसिने धनीको नाम वा छाप र अख्तियारवाला खुल्नुपर्ने_ र अख्तियारवालाको परिचयपत्र
  • साझेदारीको हकमा साझेदारी सम्झौता र प्रत्येक साझेदारीको नागरिकताको सक्कल सहित उपस्थिति र ३/३ प्रति फोटो
  • वातावरण संरक्षण ऐन 207७ -बागमती प्रदेश सरकार_ मा तोकिएका उद्योगहरुमा स्वीकृत भएको संक्षिप्त वातावरणीय प्रतिवेदन,IEE/EIA

कागजात पूरा भएकोमा सोही दिन -बढीमा ५ दिन_

_पुँजी 5लाख भन्दा माथि देखि 1० लाख सम्म रु.7000।-

_पुँजी 1० लाख भन्दा माथि देखि 20 लाखसम्म रु.12000।-

_20 लाख भन्दा माथि एक करोडसम्म रु.20000।-

_पुँजी एक करोड भन्दा माथि देखि पाँच करोड सम्म भएमा रु.30000।-

_पुँजी पाँच करोड भन्दा माथि रु.50000।-

सबै दर्तामा निवेदन दस्तुर रु.100 थप

सम्बन्धीत फँटवाला र अधिकृत

कार्यालय प्रमुख

2.

वाणिज्य-स्थानीय व्यापार,खरिद/विक्री_-आयात निर्यातको उद्देश्य हुने व्यापारिक फर्म दर्ता वाणिज्य विभाग, बबरमहलबाट हुने_

  • रितपूर्वक भरेको आवेदन -अनलाईन http://online.doc.gov.np/onlineuser/Login भरेको आवेदन_
  • पुँजीको स्रोतको स्वघोषणा पत्र
  • व्यवसायीक स्वयम सक्कल नागरिकता र ३ प्रति फोटो सहित कार्यालयमा उपस्थित हुनुपर्ने,
  • प्रचलित कानून बमोजिमको अनुमति, सिफारिस, इजाजत पत्र
  • कम्पनीको हकमा सि.नं.1 मा उल्लेख भए बमोजिम कागजातहरु
  • साझेदारी फर्मको हकमा साझेदारी सम्झौतापत्र, सबै साझेदारीको३/३ प्रति फोटो र सक्कल नागरिकता सहित कार्यालयमा आफै उपस्थिति हुनुपर्ने,

कागजात पूरा भएकोमा सोही दिन -बढीमा ५ दिन_

सि.नं.1 बमोजिम राजस्व

सम्बन्धीत फँटवाला र अधिकृत

कार्यालय प्रमुख

3

उद्योग/वाणिज्य फर्मको नवीकरण-सुरुमा ५ वर्ष र त्यसपछि 2वर्ष, साझेदारीको हकमा प्रतिवर्ष_

  • नविकरण गरिपाउँ भन्ने निवेदन-अनलाईन_
  • फर्मको अवधी 5वर्ष नाघेकोमा स्वघोषणा पत्र
  • फर्म दर्ताको सक्कल प्रमाण पत्र
  • अघिल्लो आर्थिकबर्षको करचुक्ता प्रमाणपत्र-करकार्यालयको सकारात्मक प्रतिकृया_
  • २० लाख वा सो भन्दा माथि पूँजी भएकोमा लेखा परीक्षण प्रतिवेदन

कागजात पूरा भएकोमा सोही दिन

पुँजी अनुसार प्रदेश कानूनले तोके बमोजिम र अबधि नाघेकोमा जरिवाना समेत हुने

सम्बन्धीत फँटवाला र अधिकृत

कार्यालय प्रमुख

पुँजीबृद्वि/क्षमता बृद्वि

  • पुँजीबृद्वि खुल्ने निवेदन -अनलाईन_,
  • परिवर्तन हुने विवरणको आधारमा तोकिए बमोजिम कागजातहरु
  • करचुक्ता प्रमाणपत्र
  • वाणिज्य फर्ममा बृद्वि हुने पुँजीको स्रोतको स्वघोषणा
  • २० लाख रुपैया वा सो भन्दा बढीको पुँजी भएको फर्मको हकमा लेखापरीक्षण सम्बन्धी प्रतिवेदन
  • फर्म दर्ताको सक्कल प्रमाणपत्र -नविकरण अद्यावधिक _
  • कम्पनीको हकमा अख्तियारवाला र पुँजीबृद्विको सम्बन्धी निर्णय सहित कम्पनी सम्बन्धी कागजातहरु
  • वातावरण संरक्षण एन २०७६ मा तोकिएका उद्योगहरुमा स्वीकृतभएको संक्षिप्त वातावरणीय प्रतिवेदन, IEE/EIA
  • आवश्यक्ता अनुसार कार्यालयको अनुगमण प्रतिवेदन

कागजात पूरा भएकोमा सोही दिन

पुँजी परिवर्तन गर्दा हाल कायम हुने पुँजी अनुसार लाग्ने दस्तुरमा साबिकको पुँजी अनुसार बुझाएको दस्तुर कट्टा गरी बाँकी हुन आउने दस्तुर बुझाउनु पर्नेछ।

सम्बन्धीत फँटवाला र अधिकृत

कार्यालय प्रमुख

5

वद्युत थप

  • विद्युत थप गर्नुपर्नेको कारण सहित निवेदन

-_फारम -अनलाईन_,

  • थप हुने मेशिन/उपकरणको क्याटलग, स्पेशिफिकेशन
  • आवश्यकता अनुसार कार्यालयको अनुगमण प्रतिवेदन

कागजात पूरा भएकोमा सोही दिन

पुँजी परिवर्तनमा क्र.स.4 बमोजिम रकम, पुँजी परिवर्तन नभएमा दर्खास्त दस्तुर रु.100

सम्बन्धीत फँटवाला र अधिकृत

कार्यालय प्रमुख

6

फर्म नामसारी, शेयरधनी परिवर्तन

  • लिने दिने पक्ष स्वयं कार्यालयमा उपस्थित भई संयुक्त निवेदन र नामसारी गरिलिनेको नाममा घर/जग्गा वा भाडाका सम्बन्धमा सि.नं.१ बमोजिम कागजातहरु
  • नामसारी/हकछोड -विक्रीनामा_मा नामसारी गरिदिने पक्षले कार्यालय समक्ष सनाखत,
  • कर चुक्ता प्रमाणपत्र र २० लाख माथिको पुँजीको हकमा लेखापरिक्षण प्रतिवेदन
  • धनिको मृत्यू पश्चातको नामसारीमा मृत्यूदर्ता र हकवालाहरु खुल्ने नाता प्रमाणपत्र सहितको स्थानीय तहको सिफारिस,
  • दर्ता प्रमाणपत्र -सक्कल_ -नबीकरण /अद्यावधिक हुनुपर्ने_,
  • साझेदारीमा नयाँ साझेदारीबीचको कबुलियतनामा
  • कम्पनीको हकमा अख्तियारवाला र नामसारीको निर्णय, शेयर दर्ता किताब, कम्पनी अद्यावधिक पत्र

कागजात पूरा भएकोमा सोही दिन

सुरु दर्ता बराबर राजश्व -उद्योग/व्यवसायको स्वरुप परिवर्तन भएकोमा समेत-,साझेदारी फर्मको हकमा सबै साझेदार परिवर्तन नभएकोमा र कम्पनीको हकमा निवेदन दस्तुर मात्र

सम्बन्धीत फँटवाला र अधिकृत

कार्यालय प्रमुख

7

नाम संशोधन वा नाम परिवर्तन

  • निवेदन -अनलाईन_
  • कर चुक्ता प्रमाणपत्र,
  • दर्ता प्रमाणपत्र -सक्कल_ -नबीकरण भएको हुनुपर्ने_,
  • कम्पनीको हकमा अख्तियारवाला र नाम संशोधन वा नाम परिवर्तन सम्बन्धी निर्णय सहित सम्बन्धीत कागजातहरु

कागजात पूरा भएकोमा सोही दिन

दर्ता गर्दाका लाग्ने राजश्वको ५०%, कम्पनीको हकमा निवेदन दस्तुर रु100 मात्र

8

फर्म ठाउँसारसी/स्थानान्तरण/कारोवार थप/ठेगाना संशोधन

  • कारण सहित ठाउँसारी गरिपाउँ भन्ने निवेदन -अनलाईन_
  • ठाँउसारी हुने स्थानको घर/जग्गा वा भाडाका सम्बन्धमा सि.नं.1 बमोजिम कागजातहरु,
  • ठाँउसारी जिल्लाबाहिर हुने भए सम्बन्धीत जिल्लाको घरेलु तथा साना उद्योग हेर्ने निकायको सहमति/सिफारिस पत्र
  • कर चुक्ता प्रमाणपत्र,
  • वातावरण संरक्षण ऐन 2076 मा तोकिएका उद्योगहरुमा स्वीकृत संक्षिप्त वातावरणीय प्रतिवेदन, IEE/EIA
  • सम्बन्धीत व्यक्ति स्वयम उपस्थित हुनुपर्ने

प्रत्यक विवरणको रु 100/-

-दरखास्त दस्तुर रु100/- र प्रत्यक कारोवार रु100/-_

सम्बन्धीत फँटवाला र अधिकृत

कार्यालय प्रमुख

9

शाखा वा ईकाई थप

  • व्यहोरा खुल्ने निवेदन -अनलाईन_
  • कर चुक्ता प्रमाणपत्र
  • यस जिल्लाभित्र ईकाई खोल्दा खोल्ने स्थानको नयाँ दर्ता सरह घरभाडा सम्बन्धी सि.नं.1 बमोजिम कागजातहरु
  • जिल्लाबाहिर दर्तामा शाखा थप गर्दा सम्बन्धीत जिल्ला उद्योग हेर्ने निकायको सहमतिपत्र

यस जिल्लामा दर्ता उद्योगको इकाई खोल्दा सि.नं.4 बमोजिम दस्तुर, जिल्ला बाहिर दर्ता उद्योगले यस जिल्लामा ईकाई खोल्दा निवेदन दस्तुर रु100

सम्बन्धीत फँटवाला र अधिकृत

कार्यालय प्रमुख

10

प्रतिलिपि प्रमाणपत्र

  • प्रतिलिपि आबश्यक पर्नुको कारण सहितको निवेदन
  • उद्योग नविकरण अवधि कायम भएको हुनुपर्ने
  • नागरिकताको प्रमाणपत्रको प्रतिलिपि सहित अख्तियारवाला वा उद्यमी उपस्थित हुनुपर्ने।

रु.500/-

सम्बन्धीत फँटवाला र अधिकृत

कार्यालय प्रमुख

11

उद्देश्य परिवर्तन

  • रितपुर्वक भरिएको संशोधन गरिएको

-_फारम -अनलाईन_ र परिवर्तन हुने उद्देश्य अनुसारको उद्योगका लागि तोकिए बमोजिम कागजात

दर्खास्त दस्तुर रु100/-

सम्बन्धीत फँटवाला र अधिकृत

कार्यालय प्रमुख

12

फर्म खारेजी

  • फर्म खारेज/बन्द गर्नुकोकारण खुल्ने निवेदन -अनलाईन_
  • नागरिक्ताको सक्कल प्रमाणपत्र सहित स्वयम उपस्थित हुने,
  • धनिको मृत्यू पश्चातको खारेजीमा मृत्यूदर्ता र हकवालाहरु खुल्ने नाता सहितको स्थानीय तहको सिफारिस लिई हकवाला उपस्थित हुनपर्ने
  • कर चुक्ता प्रमाण पत्र र 20 लाख वा 20 लाखभन्दा माथिको पुँजीको हकमा लेखापरीक्षण प्रतिवेदन
  • फर्मको नाममा रिण तथा दायित्व नलिएको/नभएको स्वघोषणा र प्रमाण
  • दर्ता प्रमाणपत्र सक्कल -नविकरण भएको हुनुपर्ने-,

कागजात पूरा भएकोमा सोही दिन -बढीमा ५ दिन_

दर्खास्त दस्तुर रु100/-

सम्बन्धीत फँटवाला र अधिकृत

कार्यालय प्रमुख

13

EXIM-Code सिफारिस

  • रितपूर्वक भरेको निवेदन र दर्ता प्रमाणपत्रको प्रतिलिपि
  • कर चुक्ता प्रमाणपत्र

दर्खास्त दस्तुर रु100/-

सम्बन्धीत फँटवाला र अधिकृत

कार्यालय प्रमुख

14

प्रारम्भिक वातावरणीय मूल्याकन

-IEE_ कालागि कार्यसूची

-TOR_ स्वीकृत

  • दरखास्तफारम.\ ,
  • प्ररम्भिक वातावरणीय परीक्षणको कार्यसूची

-TOR_

  • TOR तयार गर्ने विज्ञहरुको विवरण

-बायोडाटा_

  • विज्ञले कार्यालयमा समिति समक्ष प्रस्तुतिकरण गर्ने
  • समितिबाट तोकिएबमोजिम संशोधन गरी 3 प्रति पेश गर्ने

कार्यालयले ३ कार्य दिनभित्र निर्देशनालयमा सिफारिस गर्ने

सम्बन्धीत फँटवाला र अधिकृत

उद्योग वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय

15

IEE को स्वीकृति

-तोकिए बमोजिमका उद्योगहरुको हकमा लागू हुने

  • स्वीकृत कार्यसूची -TOR_,
  • स्थापना हुने स्थानमा राय सुझावका लागि 15 दिने सूचना प्रकाशन र सोको सूचना टास मुचुल्का,
  • राष्ट्रिय पत्रिकामा सूचना प्रकाशनको सक्कल प्रति
  • चार किल्ला खुल्ने गरी साँध संधियार सहितको उद्योग/व्यवसाय, खोल्ने अनुमतिको सर्जमिन मुचुल्का,
  • सम्वन्धीत स्थानीय तहको सिफारिस -सूचना अवधिमा दाबी विरोध,सुझावको विवरण खुलाएको_,
  • सार्वजिनिक सुनुवाई र प्रतिवेदन, सुनुवाईमा निर्वाचित पदाधिकारीको अनिवार्य उपस्थिति हुनुपर्ने
  • सम्पूर्ण कागजात तथा प्रकृया पूरा गरी कार्यालयमा प्रस्तुतिकरण,
  • प्रस्तुतिकरणमा प्राप्त सुझाव/निर्देशन समेटी 4 प्रति IEE प्रतिवेदन पेश गर्ने

सम्बन्धीत फँटवाला र अधिकृत

उद्योग, वाणिज्य तथा उपभोक्ता हित निर्देशनालय

प्रदेश औधोगिक व्यवसाय -दोस्रो संशोधन_ ऐन,२०८२ अनुसार मुल ऐन औधोगिक व्यवसाय ऐन,२०७६ को दफा १८ र उपदफा -_ अनुसार महिला, दलित, अपाङ्गता भएका व्यक्ति,विपन्न वर्ग सीमान्तकृत र द्वन्द पिडित उद्यमीको मात्र स्वमित्व रहनेगरी सम्बन्धीत वर्गको प्रमाण सहित उद्योग दर्ता गराएमा त्यस्तो उद्योग दर्ता गर्दा कानून बमोजिम लाग्ने दस्तुर वा शुलकमा पचास प्रतिशत छुटको व्यवस्था गरिएको छ

File Download